काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेप्रति नागरिकको विश्वास दिनप्रतिदिन घट्दो अवस्थामा रहेको छ । दोहोर नागरिकता र पासपोर्ट काण्डदेखि सहकारी प्रकरणसम्म आइपुग्दा रविलामिछानेको सामाजिक,नैतिक चरित्रका बारेमा नागरिकहरुले चोकचोकमा भेट्नासाथ सहकारी ठग भन्दै नाराबाजी गर्न थालेका छन् । सहकारीको रकम हिनामिना अनुसन्धानका लागि गठीत सुर्य थापा नेतृत्वको विशेष छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै सहकारी प्रकरणमा दोषी ठहर भएको बताएपछि सरकारले रवि लामिछानेलाई पनि पक्राउ गर्न निर्देशन दिएको थियो ।
तर अहिलेसम्म रवि लामिछाने पक्राउ पर्न सकेका छैन्न् । रविले सहकारीको रकममा आफु संलग्न नभएको भन्दै सरकारको विरोध गर्दै आफु निकट नेता तथा कार्यकर्ताहरुलाई सडकमा उर्तान थालेपछि रवि लामिछानेको नैतिक धरातलमाथि प्रश्न खडा भएको हो । सभापति लामिछानेले यस अघि पनि दोहोरो नागरिकता पासपोर्ट काण्डमा आफु निर्दोष रहेको भन्दै भिड जम्मा गरे तर पछि अदालतले दोषी ठहर गरेपछि नेपाली नागरिकता लिएका थिए ।
अहिले पनि सहकारी काण्डमा पनि छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरी सरकारलाई बुझाइसकेको र गृहमन्त्रीको निर्देशनमा प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्ने संकेत दिएपछि लामिछाने भिड जम्मा गरेर आफ्नो बचाउमा बोलिदिन सबैलाई आग्रह गर्न थालेपछि रास्वपा सभापतिको षडयन्त्र अरुलाई दासी बनाउने प्रवृतिको मतदातादेखी सबै नागरिकले आलोचना गरेका छन् । अहिले विभिन्न कार्यक्रममा जब रवि लामिछाने पुग्छन् । उक्त कार्यक्रममा सहकारीमा जम्मा गरेको बचत फिर्ताको मागसहित रवि लामिछानेविरुद्ध नारा घन्किन्छ । केही दिनअघि सार्वजनिक सुनुवाइ तथा मतदाता र कार्यकर्ता भेट्न चितवन पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेविरुद्ध नाराबाजी भएको थियो ।
सहकारी बचत अपचलनमा संलग्न भएको भन्दै सहकारी पीडितहरूबाट उनीविरूद्ध नाराबाजी भएको थियो । लामिछानेविरूद्ध शुक्रबार र शनिबार दुवै दिन चितवनमा प्रदर्शन मात्र भएन्, मुग्लिन बजारमा सहकारी पीडितहरूले रवि लामिछानेविरुद्ध नाराबाजी गर्दै नारायणी कला मन्दिरको कार्यक्रममा सहकारी पीडितहरूले लामिछानेलाई भेट्न खोजेपछि तनावपूर्ण स्थिति सिर्जना समेत भएको थियो । रविको शनिबारको कार्यक्रममा ढुङ्गा हानाहानको स्थिति सिर्जना भएपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले आन्दोलनकारीलाई लाठी चार्ज समेत गरेको थियो । सहकारी पीडितहरू घाइते भएका थिए ।
चितवनका सहकारी पीडितले रवि लामिछानेलाई बारम्बार भेटेर आफुहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता गरिदिन माग गर्दा समेत रवि लामिछानेले पीडितको कुरा नसुनेको चितवनवासीको गुनासो रहेको छ। रविकै पार्टीमा जोडिएकाहरू समेत सहकारी पीडित भएका छन् । उनीहरू संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि पार्टी त्याग्ने क्रम जारी छ । सहारा सहकारी पीडित समितिका संयोजक रहेका भरतपुर महानगरपालिका–१० का पार्टी सचिव थिए शालिकराम दुवाडी रास्वपा त्याग गरिसकेका छन् ।
सूर्य थापा नेतृत्वको सहकारी छानबिन विशेष संसदीय समितिले रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा ६५ करोडभन्दा बढी रकम विभिन्न सहकारीबाट गएको निष्कर्ष निकालेको छ । लामिछाने सहकारीबाट पैसा लान संलग्न नदेखिए पनि सहकारीबाट गएको पैसा खर्च गर्नमा संलग्न देखिएकाले कारबाही गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । त्यसैले पनि चितवनमा रविप्रतिको आक्रोश बढेको हो ।
गोरखा मिडिया नेटवर्कमा सहारा सहकारीबाट ४७ करोड रुपैयाँ हाराहारीमा पैसा गएको छ । यो सहकारी रविको निर्वाचन क्षेत्र चितवन २ मै पर्छ । त्यसैले समितिको प्रतिवेदन आएपछि चितवनमा रविमाथि प्रहार हुन थालेको उनकै दलका एक नेता बताउँछन् । सहारा सहकारीका ४४६ बचतकर्ताले प्रहरीमा उजुरी दिएर आफ्नो बचत फिर्ता गराइदिन माग गरेका छन् । तर रास्वापाको सिङ्गो टिम रास्वपा बचाउ अभियानमा लागेको छ । पछिल्लो समय देशमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेपछि सरकार भौतिक संरचना निर्माण , उद्धार र राहत वितरणमा लागेकाले सहकारीको केसका बारेमा छलफल हुन सकेको छैन् ।रवि लामिछानले आफुलाई बचाइदिन भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि भेटेका थिए ।
सरकारले एउटै काण्डमा कसैलाई काखा र कसैलाई पाखा लगाउने रणनीति बनाउनु हुँदैन् । सरकारले सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ गरेर थुनामा राखेको । तर सोही प्रकरणमा रवि लामिछानेलाई भने पक्राउ गर्न सकेको छैन् । छविलाल जोशीले सरकारले सोही प्रकरणका दोषी रवि लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइसकेका छन् । छविलाल जोशीलाई पनि धरौटीमा छोड्न सरकारले प्रहरीको ध्यानाकर्षण गराइसकेको छ । तर अझै रवि भने पक्राउ परेका छैनन् ।




