रिबन

सिरिया र लेबनामा इजरायलको हवाइ हमला, ३६ सैनिकसहित ४४ को मृत्यु

काठमाडौं । सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ।

आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ।लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन्।

गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो।

उक्त हमलालाई रुसले सिरियाको सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *