देश

छोराको बिहे चटारोले माघ तेस्रो सातादेखि फागुन पहिलो सातासम्म देउवाको व्यस्तता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ तेस्रो सातादेखि फागुन पहिलो सातासम्म निकै व्यस्त हुने भएका छन् । छोरा जयवीरसिंह देउवाको बिहेको चटारोसँगै पार्टी कार्यक्रमले उनी फागुन २ गतेसम्म निकै व्यस्त रहने भएका हुन् ।

देउवा पुत्र जयवीरसिंहको माघ २१ गते बिहे हुँदैछ। जयवीरको काठमाडौंकै सञ्जीवभक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठकी छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो। शिवाना कभर गायिका हुन् । बिहे बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ । बिहेभोज भने फागुन २ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ।

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ। बिहेका निम्तालुलाई फूलमाला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ। त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्व परराष्ट्र सचिव समेत रहेका केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *