विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबारको एकल इजलासले उक्त आदेश दिएको हो । केही दिनअघि साम्पाङ आफैंले उपकुलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनले कार्कीलाई कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग आग्रह गर्दै पत्रसमेत पठाएका छन् ।
बीपी स्वास्थ्य प्रतिष्ठान संघीय सरकारअन्तर्गत पर्छ । तर मेयर हर्कले आफ्नो सीमा मिचेर उपकुलपतिको कार्यालयमा ताला लगाएका हुन् ।




