देश

दुर्गा प्रसाईमाथि बागलुङमा हातपातको प्रयास

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि हातपातको प्रयास भएको छ । हातपात प्रयास गरेको भन्दै बागलुङ प्रहरीले बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ ।

‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईमाथि भाषणका लागि मञ्चमा उक्लन लागेका बेला हातपात प्रयास भएको हो ।

हातपातको प्रयास गर्ने गौतम अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि काठमाडौंमा प्रसाईमाथि मोसो दलिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *