राजनीति

माओवादीले ६ सिटमा टुंग्यायो नाम, कुन प्रदेशमा कसले पाए टिकट ? (सूचीसहित)

काठमाडौं । सत्तारुढ माओवादीले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो । ६ मध्ये झक्कु सुवेदी संविधानसभा सदस्य भइसकेका व्यक्ति हुन् ।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ। आइतबार बिहान बसेको सत्ता गठबन्धन दलहरूको बैठकले नेपाली कांग्रेसलाई १०, एकीकृत समाजवादीलाई दुई र जसपालाई एक सिटको भागबन्डा गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *