राजनीति

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलले पाए चुनाव चिन्ह, कसलाई के ?

काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव चिन्ह प्राप्त गर्ने राजनीतिक दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन् ।

आयोगले आइतबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) –सूर्य , नेपाली काँग्रेस–रुख,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा,राष्ट्रिय प्रजातन्त्र पार्टी –हलो , जनता समाजवादी पाटी नेपाल –ढल्केको छाता, जनमत पाटी –लाइट स्पिकर, नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) नागरिक उन्मुक्ति पाटी, साधा ढकिया , लोकतान्त्रिक समाजवादी नेपाल –साइकल, नेपाल मजदुर किसान पाटी –मादल,राष्ट्रिय जनमोर्चा नेपाल – गिलास, नेपाल समावादी पाटीलाई खुलेको एकल आँखा चुनाव चिह्न प्रदान गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *