मुख्य समाचार

एमालेले बोलायो विशेष बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । एमालेले शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष बैठक आह्वान गरेको छ । बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरूलगायतलाई बोलाइएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्। बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।

एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ। सोही दिन विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि काठमाडौंमा जनप्रदर्शनको घोषणा गरेका छन् ।

युवा संघका प्रवक्ता निरोज पौड्यालले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाएका छन् । एकै दिन युवासंघ र प्रसाई समूहले जनप्रदर्शन गर्ने भएपछि मुठभेड हुन सक्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *