काठमाडौं । १४ वर्ष पछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले स्ववियू निर्वाचनको कार्यतालिका चैत्र ५ का लागि तोकेसँगै विद्यार्थी संगठनहरु निर्वाचनमा होमिएका छन् ।
स्ववियु निर्वाचन नहुँदा विगतमा निर्वाचनको माग गर्दै बेलाबेला आन्दोलन लगायत बहस पनि हुने गरेको थियो । निर्वाचन समयमा नहुँदा क्याम्पसहरुमा विद्यार्थी संगठनका गतिविधिहरु न्यून हुँदै गएका थिए । तर जब निर्वाचन आयोगले स्ववियू निर्वाचनको तालिका सार्वजनिक ग¥यो तब विद्यार्थी नेताहरु निर्वाचनको छलफलमा जुट्न थाले । त्यसपछि अहिले निर्वाचनका वारेमा विद्यार्थी नेताहरुविच आपसमा विवाद बढ्दै असन्तुष्टी बढ्न थालेको छ । लामो समय पछि हुन लागेको निर्वाचनमार्पmत नेतृत्व छनोटमा विद्यार्थी संगठनहरु संम्यम भएर नेतृत्व छनौटमा लाग्नुपर्छ । विद्यार्थी संगठनहरुले यसका लागि एक एर्काको सहयोग साथका साथ शान्तिपूर्ण वातावरणको सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ । झै–झगडा र हिंसा होइन ।
नयाँ पुस्ताले पुरानै पुस्ताको जस्तो एकअर्काको खुट्टा तान्ने प्रविधिको अन्त्य गर्दै आगामी दिनका लागि सक्षम ,सबल र समावेशीताका आधारमा नेतृत्वको छनोट गर्ने तर्पm ध्यान दिनु पर्छ । निर्वाचनको तयारीका लागि विद्यार्थीनेताहरुको छलफल अगाडी बढाउने क्रममा अहिले विवाद र वैरभावको अवस्थाले अराजकता निम्त्याएको छ ।
त्रिभुवन विश्वविद्यालय तथा अन्य क्याम्पसहरुमा विद्यार्थी संगठनहरु आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तयारी गरिरहँदा नेपाल विद्यार्थी संघमा भने आन्तरिक मुठभेटमा शुरु भएको छ ।
यस्तै आज मात्र पार्टी कार्यलय सानेपामा नेवि संघका नेताबीच झगडा समेत परेको छ । सो क्रममा संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप परेपछि झडपका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड समेत भएको छ भने तोडफोडबाट कार्यालयमा क्षेती पुगेको छ । तोडफोडका क्रममा सीसा, ल्यापटप लगायतका सामानमा क्षति समेत पुगेको पार्टी स्रोतले जानकारी दिएको छ । नेवि संघका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवादको अवस्था सिर्जना गरेको जानकारी दिए ।
टौदह रिसोर्टमा बसेको नेवि संघको बैठकपछि असन्तुष्ट इत्तरसमूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएपछि घटनामा शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षले आरोप लगाएका छन । शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोकेको थियो भने कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो।
त्रिविले प्रकाशित गरेको कार्यतालिका अनुसार स्ववियु निर्वाचनको समय निकै छोटो छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज (शुक्रबार) बाट स्ववियु निर्वाचनको कार्यतालिका कार्यान्वयन गर्ने क्रममा जुटेको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा स्ववियु निर्वाचनलाई नै लिएर विवाद चुलिदैँ जाँदा संस्थापन र इतर पक्षको विवाद बढ्दै गएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा नै झगडाको अवस्था सिर्जना भएपछि नेविसंघभित्र असन्तुष्टि जन्मिन थालेको हो ।
सो समयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतर पक्षले आरोप समेत लगाएको थियो । कुटपिटका कारण पूर्व कोषाध्यक्ष शिव रिमाल कुटपिटबाट घाइते भएका छन् भने उनको टाउकोमा चोट लागेकाले रिमालको उपचारका लागि स्टार अस्पतालमा भर्ना गरिएको थियो ।
रिमाल कुटिएपछि इतर पक्ष आक्रोशित बनेर संघको केन्द्रीय कार्यालयमा समेत तोडफोड गरेको थियो । अनामनगरस्थित केन्द्रिय कार्यालयमा बिहीबार साँझ इतर पक्षका कार्यकर्ताल गरेको विद्रोहबाट तोडफोड सहित भौतिक क्षति समेत भएको छ । प्रतिनिधिकै विषयले विवाद उत्पन्न भएकाले शुक्रबार नयाँ प्रतिनिधि अध्यक्ष शेर्पाले खटाएका छन् ।
इतर पक्षले स्ववियु निर्वाचनको लागि उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ भने संस्थापन पक्षले संस्थापनइतरले चयन गरेका प्रतिनिधिलाई मान्यता नदिने समेत उल्लेख गरेको छ ।




