समाचार

‘जनताको साथमा कांग्रेस’ अभियान लिएर ७७ जिल्लामा पुगे केन्द्रीय प्रतिनिधि, यस्ता छन् प्रतिनिधिका ७ जिम्मेवारी

काठमाडौं । आजबाट देशव्यापी रुपमा सञ्चालन हुने ‘जनताको साथमा कांग्रेस’ अभियान लिएर केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा पुगेका छन । अभियान सुरुहुनु भन्दा दुई दिन अघि जिल्ला पुग्ने निर्देशन सहितको सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित पत्र खल्तिमा हालेर केन्द्रीय प्रतिनिधिहरु अधिकांश बिहीबार बेलुका र केही शुक्रबार मात्र तोकिएको जिल्लामा पुगेका छन ।

चुनाव घोषणा भएपछि प्रदेश र संघको टिकट माग्न दलबलसहित संघीय राजधानी काठमाडौं आएका जिल्ला नेता पनि केन्द्रीय प्रतिनिधि सँगसँगै जिल्ला उत्रिएका छन । दुर्गम र राजधानीबाट टढाका जिल्ला नेताहरु अभियान नसकिदै टिकट माग्न पुनः काठमाडौं फर्किन मस्थितिमा छन ।

तीन चरणमा सम्पन्न हुने अभियान सञ्चालन गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । डा. महतका अनुरुसार पहिलो चरणको अभियान भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म जारी रहनेछ । दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि सुरु हुनेछ भने तेस्रो र निर्णायक चरणको अभियान प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सञ्चालन गरिने डा.महतले जानकारी दिए ।

प्रवक्त डा.महतले अभियानको मोडालिटि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु जनाएका थिए । केन्द्रीय प्रतिनिधि जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रम बारे छलफल गरी निम्न कार्यमा सरिक हुनेछन ।

प्रतिनिधिका ७ जिम्मेवारी जस्ताको तस्तै :

१) पन्ध्र दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु हुनेछ ।

२) जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।

३) एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन/महासमिति/प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ/नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरु भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्नु हुनेछ ।

४) गठबन्धनमा रहेका दलहरु बिच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्न – बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नु हुनेछ ।

५) निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नुहुनेछ ।

६) अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न-गराउन जिल्ला समिति एवं मातहतका समितिहरुलाई सहजीकरण गराउनु हुनेछ ।

७) पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने ।

कुन जिल्ला को पुगे ?

प्रदेश नम्बर १

ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

पाँचथर : प्रदीपकुमार सुनुवार

इलाम : महेन्द्र कुमारी लिम्बू

झापा : डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम : लक्ष्मी परियार

भोजपुर : भीम पराजुली

धनकुटा : राजीव ढुंगाना

मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी : अमृत अर्याल

सोलुखुम्बु : कल्पना चौधरी

खोटाङ : तारामान गुरुङ

ओखलढुंगा : लक्ष्मी खतिवडा

उदयपुर : बलबहादुर केसी

मधेश प्रदेश

सप्तरी : आनन्दप्रसाद ढुंगाना

सिरहा : महेन्द्रकुमार राय

धनुषा : नगिना यादव

महोत्तरी : मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : मिनाक्षी झा

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

बागमती प्रदेश

दोलखा : टेकप्रसाद गुरुङ्ग

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला पाैड्याल

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गण्डकी प्रदेश

गोरखा : ध्रुव वाग्ले

लम्जुङ : शंकर भण्डारी

तनहुँ : सुरेन्द्रराज पाण्डे

कास्की : प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश काेइराला

बाग्लुङ : अब्दुल सतार

नवपुर : सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : प्रा.डा. गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पुर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : डा. गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

कर्णाली

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सैंजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

सूदूरपश्चिम प्रदेश

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : डा. रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली : एनपी साउद

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *