काठमाडौं । संघियता पछिको दोस्रो पटक संघ र प्रदेशको निर्वाचनको समय तालिका निर्वाचन आयोगले तोकिसकेको छ ।
स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते समपन्न भइसेको छ । यस्तै प्रदेश सभा र प्रतिनिधि सभा सदष्यको निर्वाचनका आगामी मंशिर ४ गतेका लागि मिति घोषणा भएको छ । यस्तै नेपाल एकिकृत समाजवादीका नेता माधब कुमार नेपाल यस पटकको निर्वाचनमा आफ्नै गृह जिल्ला रौतहटबाट निर्वाचनमा उमेदवारी दिने भएका छन् ।
उनको पार्टीले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष मात्रै जितेको थियो । काठमाडौं महानगरपालिकामा एकिकृत समाजावदीका लािग उर्भर वडा भनेको ३१ र ३२ वडा हुन ।
स्थानीय तह निर्वाचनमा उनको पार्टीले आफुँले चाहेअनुसारको मत परिणाम पाउन नसकेपछि माधब कुमार नेपालको गृह जिल्लामा भने एकिकृत समाजवादीले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा आफुँले चाहे अनुकुलको मत परिणाम आउन सक्ने संभावना देखिएपछि माधब नेपाल यस पटकको निर्वाचनमा रौतहटबाट चुनाब लड्ने भएका हुन । पछिल्लो समय एकिकृत समाजवादीका नेता अध्यक्ष नेपालको राजैनितिक यात्रा विगतको तुलनामा निष्पक्ष र नेतृत्वदायी बन्दै गएकोे छ ।
नेपालको गृह जिल्लामा दलहरुको सिट संख्यामा समानता भने छैन । रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत निकै नै कम रहेको छ । विगतको मतपरिणाम तथ्याङ्क अनुसार एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ रहेको छ ।
माथिको मतपरिणामको तथ्याङका आधारमा माधबकुमार नेपाललाई रौतहटबाट चुनाब जित्न सहज भएको एकिकृत समाजवादीका नेताहरुको भनाइ छ । उनले २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा रौतहटबाटै विजय हासिल गर्न सफल भएका थिए ।
रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत असाध्यै कम छ । एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । माथिका सबै मतपरिणामको तथ्याङ्क अनुसार कुल मतको योग ५३ हजार ५८ रहेको छ । एमालेको मत भने ७ हजार ३८५ मात्रै छ ।
आगामी प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा नेपालले रौतहटको क्षेत्र नम्बर १ बाट उमेद्वार दिने भएका छन । नेपाल क्षेत्र न. १. बाट उठ्ने पक्का भएको एकिकुत समाजवादीका एक नेताले बताए ।
रौतहटमा माधब नेपालले निर्वाचनमा उमेदवारी दिएपछि खुसी हुने अभिव्यक्ति पनि स्थानीयवासीहरुको छ । यस्तै अन्य ठाउँको तुलनामा रौतहटबाट निर्वाचन विजयको संभावन प्रबल देखिएका कारण गृह जिल्लाबाट आगमी निर्वाचनमा नेपालले उमेदवारी दिने भएका हुन ।
पुर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले विगत २०७० सालको निर्वाचनमा पनि काठमाडौं क्षेत्र न. २ र रौतहटको क्षेत्र न. १ बाट निर्वाचनमा उमेदवारी दिएका थिए




