राजनीति

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक हुबहु पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसोधनका लािग फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ ।

आज (बिहीबार )्रभएको मत विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाका अनुसार नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । तर यस प्रस्तावको विपक्षमा ६० मत परेको छ ।

आज भएको नागरिकता विधेयक मतदानको समयमा १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।

आज नागरिकता विधेयक सम्बन्धी दिनभर प्रतिनिधिसभा बैठकमा छलफल भएको थियो । उक्त छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेको र राज्यबाट पाउने सुविधामा समस्या परेको भन्दै मत राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएकाले यो विधेयक संसदीय समितिमा लगी वृहत छलफल गर्नुपर्ने माग गरेको थियो । त्यसपछि सांसदहरुले उठाएका प्रश्नको जवाफमाथि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनैपनि अवस्थामा रोकेर राख्न नमिल्ने बताएक थिए ।

जन्मसिद्ध नागरिकका सन्तान ७ लाख जनाले नेपाली नागरिकता पाउन नसकेकले सहमती नजुटे तत्काल पास गर्ने बताएका थिए । तर केही छिनमा नेकपा एमाले प्रतिपक्षी दलको माग अनुसार मतदानका आधारमा नागरिकता विधेयक पारित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *