काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रिय सचिवालय बैठकले बाम पार्टीहरुका बिचमा एकताको प्रयास गर्ने पहलअनुसार संयोजन समिति गठन गरेको हो ।
उपमहासचिव गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट शुरु हुने बताए । दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको समेत उनले बताए ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा करिब करिब सहमति बनिसकेको दाबी गरेका थिए । मंगलबार पार्टी कार्यालयमा प्रतिक्रिया दिदै अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकीकरण सम्भव नभएपनि चुनावअघि मोर्चा बनाएर जाने विषयमा समेत छलफल शुरु गरेका थिए ।




