रिबन

मुख्य समाचार : सत्ता गठबन्धनभित्र सिट बाँडफाँडबारे गम्भिर छलफल शुरु, कांग्रेसको बहुमत आउन नदिने अन्य दलको रणनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । देउवा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको भएपनि प्रमाणिकरण नगरेका बेला भएको राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका छन् । पार्टीको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। उनीहरुबीच शुक्रबार भेट भएको हो । अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट पुगेको बताइएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दर्ल वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने दावी गरेका छन् । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्नसके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन् ।

तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ । नवलपरासी पश्चिम प्रतापपुरका पीडितहरू न्याय माग्दै माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।

रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। भ्यान दुर्घटनामा घाइते प्रहरी लक्ष्मण पुनको मृत्यु भएको हो । पुथाउत्तरगंगा गाउँपालिका –११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो। दुर्घटनामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आएका छन् । आज बेलुका उनी नेपाल आएका हुन् । नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाली टोलीको प्रशिक्षकका रुपमा धेरै चुनौती रहेको र चुनौती स्वीकार गरेरै नेपाल आएको उनले बताए ।

प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिलाई लिएर संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरू चिन्तित भएका बेला चीन र थाइल्याण्डले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । संयुक्त अभ्यासका लागि चीनले आफ्ना लडाकु विमान थाइल्याण्ड पठाउने भएको छ । चिनियाँ वायुसेनाले आइतबार लडाकु र बमवर्षक विमान पठाउने सूचना सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *