रिबन

सिट बाँडफाँटबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौंँ । आउँदो मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ । त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको नेताहरुले बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निणर्य गरेको थियो ।

काँग्रेसमा सिट बाँडफाँट विषय जटिल बनेको छ । १६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो काँग्रेस उद्धार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् । सिट बाँडफाँटसम्बन्धी कार्यदलको संयोजकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् । गठबन्धन गरेर जानु पर्दा कांग्रेसका शीर्ष नेताहरुले नै टिकट नपाउने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *