काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश सभा र प्रतिनिधी सभा सदस्य निर्वाचनमा कसरी अन्य पार्टीभन्दा अग्रस्थानमा भारी मतका साथ विजय हासिल गर्ने भन्ने पक्षमा लगभग चार महिना अघिदेखि देशव्यापी रुपमा छलफल थालेको छ । मंशिर ४ मा हुन गइरहेको प्रदेश संभा र प्रतिनिधी सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर यतिबेला देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरुले पाइला अघि चाल्न थालिसकेका छन ।
गठबन्धन गर्ने ,नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम गर्ने , र एक पार्टी र अर्कोपार्टीबिच चुनावी माहोलका लागि तालमेलका लागि नेता तथा कार्यकर्ताहरुले कसरत थालिसकेका छन । तर आगामी निर्वाचनमा कस्ले बाजी मार्ने हो भन्ने विषयमा भने परिणाम सार्वजनिक भएपछि मात्र भन्न सकिन्छ ।
स्थानीय निर्वाचनमा पनि पाँचदलिय गठबन्धन गरेर एमालेलाई पछि पार्दै देशको पहिलो र सक्तिशाली पार्टीका रुपमा स्थापित भएसंगै आगामी दिनमा पनि प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्यको निर्वाचनमा देशको पहिलो पार्टी हुने दृढ विश्वासका साथ नेता तथा कार्यकर्ताहरुबीच आन्तरिक छलफल शुरु हुन थालेको छ ।
यसैक्रममा आज (सोमबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने बैठकले निर्णय गरेसंगै यही श्रावनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त प्रशिक्षणमा कार्यक्रमा देशभरका ७७ वटा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागि हुने र आगामि मंशिर ४ चार गत्ते हुन गइरेहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि चुनावी मोडल तयार पारिने सकेत सोमबार विहान बालुवाटारमा बसेको बैठकले निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसले आगामी श्रावण ३० र ३१ गते को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भेटघाट तथा छलफल कार्यक्रमले मंशिर ४ मा हुने निर्वाचनमा ठूलो सपोर्ट पुग्ने समेत आंकलन गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै गरी मंशिर ४ मा हुने भनिएको प्रनिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि देशभरमा केन्द्रिय नेता पठाउने नेपाली कांग्रेसले बताएको छ ।
नेपाली कांग्रेसको बालुवाटारमा सिट बाँडफाँडबारे छलफलका लागि बसेको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय समेत गरेको छ ।
कांग्रेसले २ गतेदेखि भदौ २४ सम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको गगन थापाको भनाइ छ ।
उनको विश्लेषण अनुसार यस्ता किसिमका रणनीति तथा योजनाले मंशिरमा हुन गइरहेको चुनावी माहोल रङमय र मजबुत बन्न सक्ने आंकलन भएको छ । सोही अनुसार नेपाली कांग्रेसले विगतमा भएका र देखिएका आन्तरिक द्धोन्द व्यावस्थापन तथा कमिकमजोरीहरु सुधारेर अघि बढाउने कांग्रेस पार्टीको सिंगो संगठनले निर्णय गरेको छ ।




