रिबन

लगातार दाेस्राेपटक संघ र प्रदेशको निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो ।

त्यसपछि आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । जुन प्रधानमन्त्री देउवाकै नेतृत्वमा हुने भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *