रिबन

एमालेको प्रश्न : सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न गरे ।

‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि ? आशीर्वाद लिन गएको ठाउँबाट आर्शीवाद नपाएर हो कि ?’, उनले सोधे, ‘या चुनाव नगराउने मनसायले गठबन्धन लामो समयदेखि टिकाउनको निम्ति हो ? जनता जान्न चाहन्छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *