रिबन

भारत भ्रमणका बारेमा स्थायी कमिटिमा प्रचण्डले के भने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार भारत जान लागेका छन् ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ चियानछाओको चारदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएकै भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् ।

प्रचण्ड शुक्रवार दिउँसो १ बजे पार्टीका दुई केन्द्रीय नेतासमेत रहेका स्वकीय सचिवद्वय रमेश मल्ल र गंगा दाहाललाई साथमा लिएर दिल्ली भ्रमणमा निस्कन लागेका हुन् ।

भारत जानु अघिल्लो दिन प्रचण्डले स्थायी कमिटि सदस्यहरुको बैठक बोलाएर भ्रमणबारे जानकारी दिएका छन् । बैठकमा प्रचण्डले भारत भ्रमणका विषयमा जानकारी गराएपछि स्थायी कमिटिले भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *