रिबन

बालुवाटारले सार्वजनिक गर्‍यो देउवा सरकारले एक वर्षमा गरेका उपलब्धिहरू (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको आज एक वर्ष पुगेको छ ।

दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै सर्वोच्च अदालतको परमादेशमा गत असार २९ गते देउवा नेतृत्वको पाँचदलिय गठबन्धनको सरकार गठन भएको थियो ।

वर्तमान सरकारले एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल गरेको दाबी गरेको छ । सोहीअवसरमा प्रधानमन्त्री निवास बालुवाटार स्राेतले सरकारको ४२ बुँदे उपलब्धी सार्वजनिक गरेको छ ।

जसमा तत्कालिन सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड-१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल भएको दाबीसहित कर कटाएर पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास गरेको उल्लेख छ ।

बालुवाटारले सार्वजनिक गरेकाे सरकारको ४२ बुँदे उपलब्धिहरूः-

[pdfjs-viewer attachment_id=246245 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/Governments-1-year_some-points-1.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/Governments-1-year_some-points-1.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *