काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारसम्मका लागि सारिएको छ । आजका लागि पेसी तोकिएको थियो ।
सरकार पक्षका कानुन व्यावसायी र प्रत्यासी उपस्थित नभएपछि पेसी सारिएको हो । आजको पेसी सार्नका लागि सरकार पक्षले निवेदन दिएको थियो । यसअघि, हिजोका लागि तोकिएको पेसी सरकारी बिदा परेकाले आज सुनुवाइ हुने तय थियो । आज पोखरेलका कानुन व्यवसायीलाई प्रश्नको प्रत्युत्तर दिने तय थियो । अब यसबारेको फैसला आउँदो शुक्रबार हुनेछ ।
सरकारले यही वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि सिनियर एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । वैशाख २२ देखि रिटमाथि सुनावाइ हुँदै आएको छ ।



