काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरुसँग छलफल गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पेलेर अघि बढ्न खोजेको भन्दै गुटगत भेला समेत सम्पन्न गरेका कोइरालाले आज पुराना नेताहरुसँग भेटवार्ता गरेका हुन् ।
कांग्रेसका पुराना नेताहरुसँगको भेटवार्तामा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेको जनाइएको छ । छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइराला सहभागी थिए ।




