समाचार

ओली र प्रचण्डपछि कोटेश्वरमा वामदेवले भेटे माधव नेपाल

काठमाडौँ । नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतमले कम्युनिस्ट पार्टीका प्रमुखसँगको भेटवार्तालाई तीब्र बनाएका छन् ।

मंगलबार मात्र नयाँ पार्टी घोषणा गरेका गौतमले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन् ।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले जानकारी दिएको छ । बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए । नयाँ पार्टी गठन गरेका गौतमले भङ्ग भएको नेकपा पुनर्गठनका लागि प्रयास जारी थालेका छन् । उनले पार्टी घोषणाकै दिन सके नेकपा पुनर्गठन, नसके कम्युनिष्ट पार्टीबीच चुनावी मोर्चा बनाउन पहल गर्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *