रिबन

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज (शुक्रबार) बिहान खुमलटारस्थित निवास पुगेका थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटमा सहभागी संगीतकार चेतन सापकोटाले समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपायलगायतका विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *