समाचार

अमेरिकी सैन्य प्रस्ताव नेपालले अस्विकार गरेपछि चीन खुशी

काठमाण्डाै‌ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई नेपालले अस्वीकार गरेपछि चीनले याे काम प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् । नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट अनुमोदन गरेयता चीन लामो समयदेखि नेपालको विषयमा मौन रहँदै आएको थियो ।

एमसीसी अनुमोदनका विषयमा यहाँ बहस सुरु भएपछि चीनले अमेरिकाले सदनबाट पारित गर्न दबाव दिइरहेको भन्दै त्यसको विरोध समेत गरेको थियो ।

त्यसपछि मौन रहँदै आएको चीनका रक्षामन्त्रीले केही हप्ताअघि मात्रै अमेरिकाले इन्डो प्यासिफिकमार्फत चीनलाई घेर्ने रणनीति बनाइरहेको र त्यसले तनाव सिर्जना भइरहेको टिप्पणी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *