राजनीति

कांग्रेस महामन्त्री शर्माले भने-अमेरिकालाई नो थ्याङ्स.. एसपीपी हामीलाई स्वीकार्य छैन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) स्वीकार्य नभएको बताएका छन । महामन्त्री शर्माले आफ्नो आधिकारिक पेजमार्फत एसपीपी स्वीकार्य नभएको बताएका हुन ।


महामन्त्री शर्माले लेखेका छन –‘अमेरिकालाई प्रष्ट भन्नु पर्छ,नो थ्याङ्स.. एसपीपी हामीलाई स्वीकार्य छैन ।
कांग्रेसको धारणा यही बन्ने छ र कांग्रेस नेतृत्वको यहि धारणाको प्रतिनिधित्व गर्नेछ । हामी साझा ढंगले प्रष्ट छौं–समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य!’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *