रिबन

बजेटमा उठेका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिंदै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल शुरु भएको थियो ।

उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए । यस्तै आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैबीच राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

[pdfjs-viewer attachment_id=232776 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/4wutmjbmq6azaup4.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/4wutmjbmq6azaup4.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *