रिबन

रेनुले सुवेदीसँग बढाइन् मतान्तर, जगन्नाथले कति मत पाए ?

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाएकी छन् ।

झण्डै १६ हजार मतगणना गर्दा प्राप्त परिणाम अनुसार दाहालले ६ हजार २ सय २ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार १ सय १५ मत पाएका छन् । दाहाल र सुवेदीबीच ८७ मतको अन्तर छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५५८ मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ५ हजार १० मत पाएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *