रिबन

प्रचण्ड चितवन गएपछि निर्वाचन आयोगले किन सिडओ, प्रदेश प्रहरी प्रमुखलाई सोध्यो स्पष्टीकरण ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो । यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *