भरतपुर । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरमा तत्कालीन मेयर रेनु दाहालले राम्राे काम गरेकाे बताएका छन् । बिहीबार गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन् ।
‘उहाँले राम्राे काम गर्नुभएकाे छ । उहाँलाई हराइयाे भने यहाँकाे जनताले के भन्लान् ? उहाँलाई जिताउनुपर्छ । यसका लागि हामी सबैले साथ दिनुपर्छ । उहाँले जितिसक्नुभयाे, उहाँले जित्नुहुन्छ । यहाँ यत्ति राम्राे काम गर्ने रेनुजीले नजितेर काे जित्छ ।’
उनले प्रचण्ड सजिलाे नेता भएकाे पनि बताए । ‘तपाईंहरूले प्रचण्डजीलाई चिन्नुभएकाे छैन,’ उनले भनेका छन् ।




