काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक हर्कतलाई ठेगान लगाउन पाँच दलीय गठबन्धन बनेको बताएका छन।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न संखुवासभाको मादी जाने क्रममा चैनपुर नगरपालिकाको जीरो पइन्टमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सहमाहामन्त्री पाण्डेले संविधान, लोकतन्त्र र संघीय गणतन्त्रको स्थायीत्वका लागि गठवन्धन दलका उम्मेदवारलाई मतदात गर्न आह्वान गरे ।
नेता पाण्डेले चैनपुर नगरपालिकाको समृद्धि र विकासका लागि नेपाली कांग्रेसका विकासप्रेमी नेता ज्ञानबहादुर कार्कीलाई नगरप्रमख पदमा रुखमा मतदान गरी विजयी गराउन अनुरोध गरे । उपमेयरमा लाखमान तामाङलाई गोलाकारभित्र हसिया हतौथामा मतदान गरी विजयी गराउने उनले आग्रह गरे ।
गठबन्धनको जीतलेमात्र चैनपुरको विकास र समृद्धि सुनिश्चित हुनेभएकाले गठवन्धनका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
गठवन्धले स्थानीय तह, प्रदेश र केन्द्रमा जितेर केपी ओली नेतृत्वको सरकारमा भएको भ्रष्टाचरको छानवीन गरी भ्रष्टाचारीलाई कानुनी कठाघारमा उभ्याउने समेत उनले बताए।
यसै गरी चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस संखुवासभाका सभापति एवं पूर्वखानेपानी राज्यमन्त्री दीपक खडकाले भ्रष्टाचार र तानाशाही कदमकाविरुद्ध संखावसभामा गठवन्धन बनेको स्पष्ट पारे । उनले गठवन्धका पक्षमा मतदान गर्न सबैलाई आह्वान गरे।
ओली प्रवृत्तिको अन्त्यका लागि गठवन्धन : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ओली प्रवृत्तिको अन्त्यका लागि पाँच दलीय गठवन्धन बनेको स्पष्ट पारेका छन । ठूलो संघर्ष गरेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा र स्थायीत्व र विकासका लागि गठवन्धन गर्न आवस्यक भएको उनको तर्क थियो ।
संखुवासभाको चैनपुर नगरपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रतिगमनको परास्त गर्न, जनजीविकाको विषयको हल गर्न र शान्तिप्रक्रियाका अधरा काम पुरा गर्न गठवन्धनका उम्मेदरवारलाई मतदान गर्न श्रेष्ठले आह्वान गरे ।




