रिबन

चितवनका वागी उम्मेदवार अमेरिकी ग्रीनकार्ड होल्डर भएको पुष्टि !

काठमाण्डौं । नेपाली कांग्रेसले भर्खरै कारवाही गरेका चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल अमेरिकी ग्रिन कार्ड होल्डर भएको खुलेको छ । उनका सन्तान अमेरिकामा रहेको र उनी पनि अमेरिकी ग्रीन कार्ड होल्डर रहेको खुलेको हो । पार्टीको निर्देशन नमानेर भरतपुर महानगरपालिकामा वागी उम्मेदवारी दिएका पौडेल अब भुइकटहर चुनाव चिन्ह लिएर उठनेछन । कांग्रेसले भने गठवन्धन गरेर माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाललाइ मेयर उठाएको छ । पौडेललाइ स्वयम सभापति शेरवहादुर देउवाले आग्रह गर्दा पनि पछि हटन मानेनन र उनलाइ पार्टीले कारवाही गरेको छ । पार्टीको कारवाहीमा परेका पौडेललाइ कांग्रेसका पुराना नेताहरुले भने साथ दिएका छन । उनीहरु कांग्रेस भएर अन्यत्र भोट हाल्दैनौं भनेर अडान लिएर वसेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *