काठमाणडाै।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे स्थानीय चुनाव पछि राजनीतिबाट सन्यास लिने वताएका छन ।उनले सामाजि सञ्जालमा मार्फत भनेका छन-सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा उम्मेदवार बन्नुहुने सबै साथीहरूलाई शुभकामना छ!!
नेपाली कांग्रेसको महाधिवेशनमा प्रदेश नम्वर एकमा उठेका उनी एक मतले मात्र हारेका थिए । यसपछि उनी राजनीतिबाट विरक्तिएका थिए । नेपाल विद्यार्थी संघको सभापति भएर गणतन्त्रको नेतृत्वदायी भुमिका खेलेका नेता घिमिरेलाइ स्वयम उनकै समुहका नेता शेखर कोइराला सहितको समुहले मत नदिइ हारेपछि उनले मंगलवार विहानै यस्तो लेखेका हुन । उनले स्थानीय तहको निर्वाचन लगत्तै सन्यास लिने तयारी गरेका छन । उनले यस्तो लेखेपछि सामाजिक सञ्जालमा तरंग आएको छ । उनलाइ सभापति शेरवहादुर देउवा र उनको गुटका नेता कोइराला दुवैले उचित स्थान दिएका छैनन । नेता घिमिरे हालका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भन्दा सिनियर नेता हुन ।




