रिबन

स्थानीय निर्वाचनले ३५ हजार २२१ जना नेता कार्यकर्ताकाे व्यवस्थापन गर्दै

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका आइतवारदेखि शुरू भएकाे छ । उम्मेदवारको मनोनयन दर्ता आज साँझ ५ बजे सम्पन्न हुनेछ ।

देशभरिका ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका गरी ७५३ वटा स्थानीय तहकाे नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा देशभरबाट ३५ हजार २२१ विभिन्न पदमा प्रधिस्पर्धा हुनेछ । याे निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधिकाे व्यवस्थापन गर्नुका साथै ठूलाे संख्यामा दलका नेता कार्यकर्ताहरूकाे समेत व्यवस्थापन गर्नेछ ।

जसमध्ये ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा अध्यक्ष निर्वाचन हुनेछन् भने त्यतिनै संख्यामा वडा महिला सदस्य निर्वाचित हुने छन् ।

त्यस्तै, ६ हजार ७४३ नै वडा दलित महिला सदस्य निर्वाचित हुनेछन् भने १३ हजार ४८६ अन्य वडा सदस्य निर्वाचित हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *