काठमाडौं । चितवनमा एमाले र राप्रपाबिच चुनावी तालमेल हुने भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई समर्थन गर्ने सहमति जुटेको केही दिनमै एमालेले राप्रपासँग तालमेल गर्ने सहमति गरेको हो ।
सहमतिअनुसार भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्नेछ । भने उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ ,
चितवनको भरतपुरमा नेपाली कांग्रेसका स्थानीय नेताले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।




