काठमाडाैँ । आइतबार पहिलाे दिन काठमाडाैँ महानगरपालिककाे मेयरमा १६ जनाले उम्मेदवारी दिएका छन् । ५ बजेसम्म दलगत र स्वत्नत्र गरी १६ जनाले उम्मेदवारी दिएका हुन् ।
मनाेनयन कार्यक्रम भाेलि पनि जारी रहनेछ । आज स्वत्नत्र तथा अन्य दलहरूले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय मान्यताप्राप्त दलहरूले आज उम्मेदवारी दर्ता गराएका छैनन् ।
उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा उम्मेदवार दिनेहरूमा आनन्दराज जाेशी, रविकान्त मानन्धर, राजन कार्की, बालेन्द्र शाह, समीक्षा बाँस्काेटा, सुरेशरत्न बज्राचार्य, रामबहादुर खड्का, सीता तामाङ, मनाेजराज आचार्य, ज्ञानुलामा तामाङ, सुमन सायमी, अमाेट महर्जन, विपिनराज वैद्य, सूर्यथापा श्रेष्ठ, डिल्लिराम राजभण्डारी र जेठा महर्जन रहेका छन् ।




