काठमाडौं । महानगर र उपमहानगरको उम्मेदवारका बारेमा छलफल गर्न कांग्रेसका शिर्ष नेताहरुको बैठक आइतबार पनि बस्ने भएको छ ।
शनिबार दिनभर बसेको बैठकमा ठोस सहमति जुट्न नसकेपछि आइतबार फेरी छलफल हुने भएको हो । सत्तारुढ गठबन्धनका बिचमा चुनाजी तालमेल गर्ने निर्णयअनुसार कांग्रेसको भागमा परेको काठमाडौं, ललितपुर र विराटनगरमा कसलाई उम्मेदवार भन्ने टुङ्गो लगाउन कांग्रेस शिर्ष नेताहरुको बैठक दिनभरजसो चलेको थियो ।
शिर्ष तहमा कुनै सहमति कायम हुन नसकेपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको थियो ।




