रिबन

सत्ता गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । आइतबार पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको समिति आज पनि छलफलमा जुट्न लागेको हो ।

समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा बैठक बिहान ९ बजे बस्ने बताइएको छ । आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो । देशभर चुनावी तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको गठबन्धनले सुझाव संकलनको कार्य गरिरहेको छ । कतिपय जिल्लामा तालमेलमा कुरो नमिलेपछि रिपोर्ट पठाउने मिति थप्ने तयारी गरिएको हो । आज नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ । गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवम् समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय आइतबारको बैठकले गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *