काठमाण्डाैं । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले उनलाइ निलम्बन गरेर कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको छ ।
आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै स्रोतले गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको जनाएको छ । आरोपबारे छानविन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार समिति गठन भएपछि गभर्नर स्वत निलम्बनमा पर्ने ब्यवस्था छ ।




