रिबन

देउवाको स्वागतमा दिल्लिमा स्वागतद्धार

काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवाको स्वागतमा भारतको राजधानी नया दिल्लिमा भब्य स्वागतको तयारी भएको छ । नेपालबाट भारत उडिसकेका प्रधानमन्त्री देउवालाइ दिल्लिमा सरकारीस्तरबाट स्वागत हुनेछ भने उनको स्वागतको लागि दिल्लिका सडकमा पर्चा र होर्डिङवोर्ड राखेर स्वागत भारतले हार्दिकता प्रकट गरेको छ । प्रधानमन्त्री देउवाको स्वागतमा भारत सरकारले मात्र नभइ सत्तारुढ दल भारतीय जनता पार्टीले पनि उतिकै तदारुकता देखाएको छ । भाजपाले पनि दिल्लिका सडकमा होर्डिङ वोर्ड राखेर प्रधानमन्त्रीको स्वागत गरेको छ । प्रधानमन्त्री भएपछि देउवाको यो पाचौं पटकको भारत भ्रमण हो । उनले आज भारतीय विदेशमन्त्रीलाइ भेटनेछन भने भोलि भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाइ भेटनेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *