रिबन

संसदीय समिति गठन नगरी सकियो कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसले आज गठन गर्ने भनिएको संसदीय समिति गठनमै समस्या उत्पन्न भएको छ ।

सोमबार बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकले आज बस्ने केन्द्रीय समितिको बैठकले संसदीय समिति गठन गर्ने सहमति गरेका थिए । तर आज बसेको बैठक समिति गठन नगरी सकिएको छ ।

यसअघि सोमबार बसेको बैठकले महाधिवेशनमा सभापतिमा पराजित भएका डाक्टर शेखर कोइरालालाई समेत समेटेर समिति बनाउने बताइएको थियो । केन्ददेखि स्थानीय तहसम्म गठन हुने २५ सदस्यीय समितिमा रहने सदस्यहरुको टुङ्गो नलाग्दा समिति गठन नगरी केन्द्रीय समितिको बैठक सकिएको छ ।

प्रवक्ता डाक्टर प्रकाशशरण महतले दिएको जानकारीअनुसार प्रधानमन्त्री समेत रहेका सभापति देउवा भारत भ्रमणबाट फर्किएपछि समिति गठन हुनेछ । संसदीय समितिले संघदेखि स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *