रिबन

माधव नेपाल किन गए टर्की ?

काठमाण्डौं । देशभर चुनावको माहौल छ । र,भर्खर एमालेबाट फुटेर वनेको नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने विदेश उडेका छन । विदेश भ्रमण असाध्यै रुची भएका अध्यक्ष नेपाल सोमवार मध्यरातमा नेपालबाट टर्कीको अंकोराको लागि उडेका छन । उनी टर्किस एयरबाट इस्तानवुल हुदै अकंरा पुग्नेछन । तर,चुनावको यो गरमागरम माहोल छाडेर उनी किन गए टर्कीमा ? नेकपा एकिकृत समाजवादी स्रोतका अनुसार उनी अंकरामा हुने EcoClimate Conference  मा हुने सम्मेलनमा लिन गएका हुन । उनले टर्कीमा मार्च २९–३१गते सम्म हुने सम्मेलनमा सम्वोधन गर्नेछन । र,यो सम्मेलनमा पुगेर उनी चैत १९ गते मात्र नेपाल फर्कनेछन ।

उनलाइ एयरपोर्टमा छाडन पर्यटन मन्त्री प्रेम आले,नेतृ कल्याणी खडका लगायतका नेता पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *