रिबन

चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।

शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने नेताहरूको फरकफरक धारणा आएको हो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् । तर, इतर पक्षका नेता डा. शेखर कोइराला भने तालमेलको पक्षमा खुलेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *