रिबन

विश्वप्रकाश भन्छन–फुटेका कम्युनिष्ट हरियो रंगसंग तर्सिछन

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाकै अर्का नेता केपी ओलीप्रति कडा प्रहार गरेका छन । नेपाली कांग्रेसलाइ जोगाउन निर्वाचन आयोगले हरियो रंग चयन गरयो भनेर एमाले अध्यक्ष केपी ओलीले टिप्पणी गरेपछि उनले ओली माथि प्रहार गरेका हुन । उनले वुधवार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा भने–उहिले साउनमा आखा फटेको गोरुले सधैं हरियो देख्छ भन्थे । अचेल यो उखान परिमार्जित भएर आएको छ । फुटेको कम्युनिष्ट हरियो रंग देख्ने वित्तिकै तर्सिन्छ । उनले यसो भन्दा पार्टी कार्यालयमा हासको फोहरा छुटेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *