काठमाण्डाैं । पार्टीकाे नीति विपरित संसदमा वाेलेका एमाले नेता भीम रावललाइ नेकपा एमालेले कारवाही गर्ने भएकाे छ।एमाले अध्यक्ष केपी अेालीले मंगलवार पत्रकार सम्मेलनमा उनलाइ कारवाही गर्ने वताएका हुन।पार्टी एकल हिराे हुने छुट कसैलाइ नभएकाे उनले वताएका छन।
पत्रकार सम्मेलनमा उनले भीम रावलकाे नामै लिएर कारवाहीकाे गर्ने वताएका हुन।रावलले एमालेले संसदमा विराेध गरिरहदा पनि एमसिसिकाे विरूद्धमा सदनमा वाेलेका थिए।उनले संसदकाे सैद्धान्तिक र दफावार दुवै समयमा बाेलेका थिए।यति मात्र हाेइन,उनले प्रधानमन्त्री शेरवहादुर देउवालाइ चुनाैती समेत दिदै एमसिसि हरतरहबाट गलत भएकाे दावी गरेका थिए।तर,एमालेले भने सदनकाे कुनै प्रक्रियामा भाग नलिइ विराेध गरेकाे थियाे।उनले वाेल्दा एमालेले सदनमा भाग लिएकाे अर्थ लागेकाे छ।




