राजनीति

प्रचण्डविरुद्ध महराको विज्ञप्ती, एमसीसी टेवल गर्ने सरकारको निर्णयमा आपत्ती

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले संसदमा एमसीसी टेवल गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् ।

मओवादी केन्द्रको असहमतिका बिचमा र एमसीसी संसदमा पेश नगर्न आग्रह गर्दा समेत जबर्जस्ती एमसीसी सम्झौता टेवल गरिएको उनको दाबी छ ।

सरकारले जबर्जस्ती टेवल गरेको भन्दै उनले भनेका छन्,‘देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

एमसीसीको विरोधमा सडकमा भएको प्रदर्शनमा भएको प्रहरीको हस्तक्षेपको समेत उनले विरोध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *