काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिका सदस्यहरूबाहेकलाई प्रवेश निषेध गरिएको छ ।
आज २ बजे सानेपामा कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठकस्थलमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यबाहेकलाई प्रवेश निषेध गरिएको हो ।
प्रदर्शनको तयारीका लागि सानेपा पुगेका नेविसंघ नेता कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालयभित्र प्रवेश गर्न दिएको छैन ।




