समाचार

एमसीसी चुनावपछि मात्रै संसदमा टेवल गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावपछि मात्रै संसदमा टेवल गर्न प्रस्ताव गरेका छन् ।

आज बसेको मुख्य तिन दलका शिर्ष नेताहरुको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि मात्रै संसदमा टेवल गर्ने प्रस्ताव गरेका हुन् । बैठकमा भएको छलफलबारे जानकारी दिदै एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले चुनावपछि एमसीसी सम्झौता टेवल गर्ने प्रस्ताव गरेको दाबी गरेका हुन् ।

बैठकमा एमालेले एमसीसी संसदमा टेवल भइसकेपछि मात्रै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ । सरकारमा रहेका बेला एमसीसी पारित गर्नुपर्ने बताउँदै आएको नेकपा एमाले सरकारबाट बाहिरिएपछि भने एमसीसीकै नाममा राजनीति गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *