रिबन

सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता

संकल्पखबर। शुक्रबार सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

उनका अनुसार यी विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी हुन नसकेको बताए ।

यस्तै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *