काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय केन्द्रीय निर्वाचन समितिले गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायतका १६ जिल्लाको अधिवेशन यही पुस २७ गते गर्ने निर्णय गरेको पार्टी सचिव केशव रिजालले जानकारी दिए ।




